
माघ ८, धनगढी । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य तथा पूर्व दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख प्रेम शाह नेपाल कम्युनिस्ट पार्टी (विप्लव) मा प्रवेश गरेका छन् । धनगढीमा आयोजित प्रदेश स्तरीय वैचारिक/राजनीतिक प्रशिक्षण कार्यक्रममा मङ्गलवार शाह लगायतका नेताहरू विभिन्न दल परित्याग गरि विप्लव प्रवेश गरेका छन् ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेम नेपाली, नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्यहरू प्रकाश थापा मगर र मान विक, माओवादी केन्द्र जोरायल गाउँ कमिटी सदस्य कमल रोका मगर लगायतका दुई दर्जन बढी नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरूलाई पार्टीका महासचिव विप्लव सिले स्वागत गरेका छन् ।
