
माघ १२, धनगढी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो ।
जितका लागि सुदूरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले १३ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो ।

एपीएफका लागि ममता चौधरीले र इन्दु बर्माले अविजित रहँदै क्रमश ४३ र १८ रन बनाए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् ।
एपीएफका लागि कविता जोशीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । सबनम राईले ३ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । इन्दु बर्माले ४ ओभरमा १४ रन दिएर २ विकेट लिइन् । करुणा भण्डारीले १ विकेट लिइन् ।
एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । यसअघि एपीएफले सन् २०१६ देखि लगातार हाल सम्म सातौँ पटक उपाधि जितेको हो ।
