
माघ १४, डोटी । के.आई.सिंह गाउँपालिका वडा नम्बर ५ ले विद्यालयसँग वडा अध्यक्ष कार्यक्रमको सुरुवात गरेको छ । वडा अध्यक्ष दुर्गा सिंह रावलले सरस्वती माध्यमिक विद्यालय राना गाउँमा सोमबार कार्यक्रमको उद्घाटन गरेका छन् ।

वडा भरका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी ड्रप आउट हुनबाट रोक्ने, सिकाइ उपलब्धिमा वृद्धि गर्ने र स्थानीय सरकार तथा विद्यालय बिचको सम्बन्धमा सुमधुर बनाउने लगायतका उद्देश्यका कार्यक्रमको सुरुवात गरिएको वडा अध्यक्ष रावलले बताए । उद्घाटन कार्यक्रममा शैक्षिक सामग्रीको प्रयोग गर्न सहज होस भन्ने उद्देश्यले शिक्षकहरूलाई झोला, डायरी र डटपेन प्रदान गरिएको छ ।
कार्यक्रममा वडाभरका विद्यालयका शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष, विद्यार्थी लगायतको उपस्थितिमा रहेको थियो । कार्यक्रममा विद्यालयको समग्र विकासका लागी कार्य गर्ने सबैले प्रतिबद्धता जनाएका छन् ।
