सिलगढीको नाचन्थली क्षेत्र शिल 

डोटी जिल्ला सदरमुकाम सिलगढीको नाचन्थली क्षेत्र शिल गरिएको छ । दिपायल सिलगढी नगरपालिका वडा नं. ६ नाचन्थलीमा एक जना ब्यक्तीमा कोरोना संक्रमण देखिएपछी नाचन्थली शिल गरिएको नगर प्रमुख मञ्जु मलासीले जानकारी दिनु भएको छ । नगरपालिकाले तत्काल ‘नाचन्थली मोड देखी कालिका मन्दीर’ सम्मको क्षेत्र शिल गरिएको हो ।

Sayalb

संक्रमित ब्यक्तीसंगको सम्पर्कमा आएका ब्यक्तीहरुको तथ्याङ्क संकलन गर्ने कार्य भईरहेको नगरपालिकाले जानकारी दिएको छ ।  दिपायल सिलगढी नगरपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछी शिल गर्नु  परेको वडा अध्यक्ष सन्तोस बोहराले बताए । यस भन्दा पहिला वडा नं. ६मा रहेको कृर्षि बिकास बैंकमा  कार्यरत एक जनामा पनि कोरोना देखिएको थियो ।

संक्रमित ब्यक्तीलाई घरमा आईसोलेट गरिएको छ । उक्त ब्यक्तीको सम्पर्कमा आएका ब्यक्तीको ५ दिन पछि मात्र पिसिआर नमुना संकलन हुने हुँदा आवत जावत नगर्न तथा बाहिरबाट पनि मान्छे नआउनु भन्ने उदेश्यका साथ नगरपालिकाले शिल गरेको नगर प्रमुख मलासीले बताईन । समुदायमा कोरोना संक्रमण देखिन थालेपछी सबै नागरिकले  साबधानी अपनाउनका लागी नगर प्रमुख मलासीले आग्रह गरेकी छन ।

Shaileshwori
Loading...