Before Header
After Navigation

बैतडीको पाटन नगरपालिका एक हप्ताका लागि सिल

Sagan sahari bhawan nirman aayojana

बैतडीको पाटन नगरपालिका एक हप्ताका लागी शिल गरिएको छ ।
कार्यालयमा कार्यरत दुईजना कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकाले एक हप्ता सेवा बन्द गरेको जानकारी दिएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुइजना कर्मचारीमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिएका छन ।
कर्मचारीमा संक्रमण देखिएपछि असोज ३० गतेसम्म नगरपालिका र १० वटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने छन् । यस्तै संक्रमित कर्मचारीको सम्पर्कमा रहेका नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र अन्यको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराले बताए । संक्रमित दुवै जनालाई अहिले आइसोलेसनमा राखिएको छ भने उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ।

Shaileshwori
Loading...