शिक्षकहरूको आन्दोलनमा बोगटान फुड्सिल गाउँपालिकाको ऐक्यबद्धता

चैत २३, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । शुक्रवार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई पत्र पठाउँदै गाउँपालिकाले शिक्षकहरूको आन्दोलनमा समर्थन रहेकोले उनीहरूका माग सम्बोधन गर्न अनुरोध गरेको छ ।
गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाद्धारा जारी गरिएको पत्रमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूलाई सम्बोधन गर्दै काममा फर्कने वातावरण मिलाइदिन अनुरोध गरिएको छ । पत्रमा भनिएको छ, “चैत २० गतेबाट सुरु भएको शिक्षकहरूको आन्दोलनबाट विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक शत्र २०८२ को भर्ना अभियान तोकिएको समयमा सञ्चालन गर्न नसकिने अवस्था सिर्जना भएकाले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरूमा समर्थने रहेको ब्यहोरा जनाउँदै यथोचित मागहरू सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध छ ।”
Sayalb
नयाँ संविधानसँग अनुकूल हुने गरी बनाइएको विद्यालय शिक्षा विधेयक पारित गर्न ढिलाइ भएको भन्दै शिक्षकहरूले आन्दोलन थालेका छन् । उनीहरूले उक्त विधेयकमार्फत यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने बताउँदै आएका छन् । यसअघि पनि शिक्षक तथा विद्यालयका कर्मचारीलगायतको सेवा सुविधा र पदोन्नतिसँग सम्बन्धित विभिन्न मागहरू राखेर शिक्षकहरूले पटक पटक आन्दोलन गरेका थिए । उनीहरूले हाल संसद्को शिक्षा समितिअन्तर्गतको उपसमितिमा दफावार छलफलमा रहेको उक्त विधेयकको मस्यौदा बन्दादेखि नै आन्दोलन गरेका थिए ।
ती आन्दोलनहरूपछि सरकारसँग पटक पटक सहमति भएका थिए र शिक्षकहरूले अहिले ती सहमतिहरूलाई ऐनमा समावेश गर्नुपर्ने माग गर्दै पुनः आन्दोलन गरेका हुन् ।
Shaileshwori
Loading...