डोटीका ८ सहित १० जनामा कोरोना पुष्टि
आईतबार डडेल्धुराको डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा दश जनामा कोरोना पुष्टि भएको छ ।
बितेको २४ घण्टामा दुई सय ३४ नमुनाको परिक्षण गर्दा दश जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट जिनी गणेजुले जानकारी दिनुभयो ।
गणेजुका अनुसार डोटीको जोरायल गाँउपालिकाका ८ जना र बैतडीको सिगास गाँउपालिकाका २ जनाका कोरोना पुष्टि भएको हो ।