चार्जिङमा राखेको स्कुटर जलेर नष्ट

बैशाख २९, धनगढी । कैलालीमा चार्जिङमा राखेको विद्युतीय स्कुटरमा आगलागी भएको छ । धनगढीको शुक्ला पुस्तकका सञ्चालक दीपक शुक्लाको विद्युतीय स्कुटरमा आज आगलागी भएको हो ।

Sayalb

आगलागीबाट स्कुटर जलेर नष्ट भएको छ । पसल अगाडि चार्जिङमा राखेको सुपप्र ०१–००१ प ४९३६ नम्बरको स्कुटर आगो लागेर जलेको शुक्लाले जानकरी दिए । आगो लागेको केही मिनेटमै स्कुटर जलेर नष्ट भएको उनको भनाइ छ । तीन वर्षअघि शुक्लाले दुई लाख २० हजारमा विद्युतीय स्कुटर खरिद गरेका थिए ।

Shaileshwori
Loading...