आईतबार डोटीका थप दश जनामा कोरोना पुष्टि

आईतबार डोटीका थप दश जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै डोटी जिल्लामा जम्मा कोरोना संक्रमितको संख्या एक हजार एक सय २४ पुगेको छ ।

Sayalb

जिल्ला अस्पताल डोटीको प्रयोशालामा गरिएको परिक्षणमा दुई जना र डडेल्धुरा अस्पतालको प्रयोशालामा गरिएको परिक्षमा थप ८ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । आज जिल्ला अस्पताल डोटीमा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नम्वर १ का ३८ वर्षका एक जना पुरुष र वडा नम्वर ९ की ३५ वर्षीया एक महिला गरि दुई जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै डडेल्धुराको डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा जिल्लाको जोरायल गाँउपालिका वडा नम्वर २ का एक पुरुष, वडा नम्बर ४ का ३ वर्षका एक बालक, २३, १८, ३७, २३, र २४ वर्षका पाँच पुरुष र २४ वर्षीया एक महिला सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय डोटीका अनुसार डोटीमा हाल एक सय २ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

Shaileshwori
Loading...