सायलमा नेकपामा एक सय ५० जना प्रबेश

सायल गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेदवार जमुना भुल सहित एक सय ५० नेपाल कम्युष्टि पार्टी (नेकपा)मा प्रबेश गरेका छन । नेपाली कांग्रेसका सक्रीय सदस्य, बिद्यार्थि, तरुणदलमा रहेका युवाहरु र स्वतन्त्र ब्यक्तीहरु गरेर १ सय ५० जना पार्टी प्रबेश गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सायल संगठन कमिटिका अध्यक्ष डबलबहादुर साउँदले बताए ।
जिल्लाभर स्थानीय तहको पुर्ण बैठकको आयोजना गर्दै अभियान सञ्चालन गरेको नेकपाले सायल गाउँ संगठन कमिटिको बैठक अन्तिम दिनमा राखेको थियो । जिल्लाभर नेकपामा प्रबेश गर्नेका लहर सञ्चालन भएको नेकपा अध्यक्ष चक्र मल्लले जानकारी दिए ।

