कैलालीमा ८० वर्षीया वृद्धाको हत्या, अनुसन्धानमा तालिमप्राप्त कुकुरको प्रयोग

धनगढी । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । मंगलवार ८० वर्षीया मातादेवी शाही आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलृ बताएका छन् ।

Sayalb

‘डीएसपी सिंहका अनुसार शाही दुई तले घरको माथिल्लो तलामा सुत्ने कोठाको खटियामा मृत अवस्थामा फेला परेकी हुन् । उनको छातीमा धारिलो हतियार प्रहार गरिएको र टाउकोमा पनि चोट देखिएको डीएसपी सिंहले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा शाहीको हत्या भएको देखिएको छ । डीएसपी सिंहका अनुसार शाही उक्त घरमा एक्लै बस्थिन् । उनका एक छोरा काठमाडौं र अर्का छोरा टीकापुर बस्दै आएका थिए ।

‘मंगलबार विहानै घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको प्रयोग गरिएको प्रहरीले बताएको छ । मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

Shaileshwori
Loading...