जोरायल गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

डोटी । जोरायल गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम शनिवार सम्पन्न भएको छ । वर्षभरि भए गरेका कामहरू बारे जानकारी सहित जिज्ञासा तथा गुनासा सुनुवाइ गर्ने र पृष्ठपोषण लिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाले वर्षभरि गरेका काम र प्रगतिबारे विषयगत शाखाहरूको छुट्टाछुट्टै प्रस्तुतीकरण गरिएको थियो । प्रस्तुतीपश्चात कार्यक्रममा प्रश्नोत्तर कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा विभिन्न सरोकारवालाहरूले बेरुजु, खरिद प्रक्रिया, सङ्घ र प्रदेशका योजना निर्माणमा ढिलासुस्ती, सुशासन, पारदर्शीताका सवालमा प्रश्न उठाएका थिए । प्रश्न, जिज्ञासा तथा सुझावहरू बारे प्रमुख वक्ताका रूपमा जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा, प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट लगायत जनप्रतिनिधि र सम्बन्धित विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरूले जवाफ दिएका थिए ।
Sayalb
गाउँपालिकाका अध्यक्ष ओझाले सार्वजनिक सुनुवाइ कार्यक्रममा आएर प्रश्न, जिज्ञासा, सुझाव राख्ने सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जाल फेसबुक, होटेलमा, चौतारामा अनावश्यक टिप्पणी गर्नेहरू लाई पनि सार्वजनिक फोरममा छलफलमा सहभागी हुन आग्रह गरे ।
उपाध्यक्ष जमुना बोहराले सार्वजनिक सुनुवाइ जनतासँग प्रत्यक्ष संवाद गर्ने थलो भएकाले तथ्यमा रहेर छलफल गर्दै भएका कमीकमजोरी औँल्याउँदै र रचनात्मक सुझाव सहित जोरायलको विकासमा सहभागी हुनुपर्नेमा जोड दिइन् ।
त्यस्तै वडा नं. २ का वडा अध्यक्ष वीरबहादुर दर्लामीले वर्तमान अवस्थामा कतिपय मानिसहरू नकारात्मकतातर्फ केन्द्रित भएकोमा चिन्ता व्यक्त गर्दै भ्रम सिर्जना गरेर जोरायलको बदनाम नगर्न आग्रह गरेका छन् । जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षता एवं विभिन्न सरोकारवालाहरूको सहभागितामा सम्पन्न वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको नजर मिडिया प्रा.ली.ले सहजीकरण गरेको थियो ।
Shaileshwori
Loading...