
साउन ८, डोटी । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल डोटी जिल्लाको जिल्ला इन्चार्जको जिम्मेवारी प्रकाश जैशीले पाएका छन् । वाइसीएल नेपालको केन्द्रीय समितिले कार्य विभाजनलाई टुङ्गोमा पुर्याएसँगै जैशीले डोटीको इन्चार्जको जिम्मेवारी पाएका हुन् । असार १७ र १८ गते बसेको केन्द्रीय पदाधिकारी बैठक तथा २० र २१ मा बसेको कार्यालयको बैठक र २४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण भर्चुअल बैठकले २७ वटा विभाग सहित, प्रदेश इन्चार्ज, सह–इन्चार्ज र जिल्ला इन्चार्जहरूको टुङ्गो लगाएको हो ।

सुदूरपश्चिम प्रदेश अन्तरतका अन्य जिल्लाहरूमा अछामको लालबहादुर साउद, बाजुराको हिक्मत शाही, बझाङको प्रेम धामी र कैलालीको विनोद बराइलीले जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै कञ्चनपुरको तिलक जप्रेल, डडेल्धुरा जयबहादुर ओखेडा, बैतडीको तर्क ठगुन्ना र दार्चुलाको देव सिंह ठगुन्नाले जिम्मेवारी पाएका छन् ।
