डोटीमा इभि दुर्घटना : एक महिलाको मृत्यु, सात बालबालिकासहित २१ जना घाइते 

असोज २५, डोटी ।  डोटीमा यात्रुवाहक इभी हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका  छन् । आज बिहान करिब ५ः३५ बजेतिर इभि हाइस जोरायल गाउँपालिका–१ गोल्डेन स्थित दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम जिल्लाको मङ्गलसेन नगरपालिका–९ की २२ बर्सिया हरिया परियार रहेको प्रहरीले जनाएको छ ।

Sayalb

साथै दुर्घटनामा चालकसहित अन्य २१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कैलालीको धनगढी उपमहानगरपालिका–१२ का ३८ वर्षका इभि चालक देव बहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका–९ का १८ वर्षका लोकेन्द्र रावल, सोही ठाउँका ४२ वर्षका मेघ्या ढोली, १६ वर्षका ऐकेन्द्र विक, ३५ बर्सिया मोतीकला परियार, ११ वर्षका बिराज परियार, ५३ वर्षका भीम बहादुर ढोली, ११ वर्षकी सृष्टि परियार, ५ बर्सिया आहाना परियार, ५ बर्सिया एलिसा परियार, ५० बर्सिया पदमा परियार,  ५ बर्सिया रिया परियार र १९ वर्षका विनोद परियार रहनु भएको छ ।

त्यस्तै मङ्गलसेन नगरपालिका–२ का २३ वर्षका रबी परियार, सोही ठाउँका ३७ वर्षका नृप ढोली, ३८ वर्षका देवराज भाट, ३० बर्सिया मनसरि परियार, बान्निगढी नगरपालिका–१ की ५० बर्सिया इन्द्रसरा परियार, मङ्गलसेन नगरपालिका–९ का ४३ वर्षका चक्र परियार, ४ वर्षकी सुप्रिया परियार र २१ बर्सिया गौरी परियार घाइते हुनुभएको प्रहरीले बताएको छ । घाइतेहरूमा ८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई उपचारको लागि पदमा अस्पताल अत्तरिया पठाइएको छ ।

अछामबाट धनगढी जाँदै गरेको सु.प.प्र ०१००१ ख ३९५६ नम्बरको इभी हाइस आफै अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटना प्र.ब.ना.नि लोकेन्द्र सिंह पुजाराको कमान्डमा १४ जनाको प्रहरी टोली उद्धारमा खटिएको थियो ।

Shaileshwori
Loading...