
कात्तिक २४, डोटी । बोगटान फुड्सिल रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सातौँ संस्करण चवराचौताराले हात पारेको छ । बोगटान फुड्सिल गाउँपालिका स्तरीय प्रतियोगिताको फाइनलमा सातफरिलाई हराउँदै चवराचौतारा विजयी भएको हो ।
प्रतियोगितामा प्रथम भएसँगै चवराचौताराले नगद रु. ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनलमा हार बेहोर्दै दृतिय भएको सातफरीले नगद रु. ४५ हजार ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । त्यस्तै प्रतियोगितामा तृतीय भएको धिर्घामाण्डौले रु. हजार ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गरेको छ । उसले सिमचौरलाइ हराएको थियो ।

बोगटान फुड्सिल गाउँपालिकाको मुख्य प्रायोजन र बोगटान युवा सञ्जालको आयोजनामा शुक्रवार बाट सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले गरेका थिए ।
