डोटीमा बोलेरो जिप दुर्घटना : १२ जना घाइते

मंसिर १४, डोटी । डोटीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । आदर्श गाउँपालिका–४ ल्वारेगडा क्षेत्रमा दिपायलबाट गोरेलीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ करिब ६:४० बजेको समयमासु.प.प्र. ०२–००१ च ११३५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब १०० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरीले जनाएको छ ।

Sayalb

प्रहरीका अनुसार जिप चालक आदर्श गाउँपालिका–४ भुवा बस्ने करिब २९ वर्षीय मोहन विष्ट सहित १२ जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीको जानकारीमा उल्लेख छ । उनीहरूलाई तत्काल उद्धार गरी काँणीस्याउले जीडी पोलिक्लिनिकमा उपचारका लागि पठाइएको छ ।

घाइतेहरूमा भगवती बि.क. (२१ वर्ष), रितिका बि.क. (५ वर्ष), राजन बि.क. (१ वर्ष), टिका बि.क. (३८ वर्ष), शेर बि.क. (१९ वर्ष), सरस्वती ओझा (१८ वर्ष), लालबहादुर विष्ट (३५ वर्ष), दिल्लीराज ओझा (२५ वर्ष) , बिष्ना ओझा (२३ वर्ष), सन्तोष विष्ट (२२ वर्ष) र दीपेश ओझा (४ वर्ष) रहेका छन् ।

उद्धारका लागि प्र.नि. पदम राज पन्तको कमान्डमा ९ जनाको प्रहरी टोली खटिएको थियो । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Shaileshwori
Loading...