जोरायलको पनालीगैराका एक सय ३५ घरघुरीमा खानेपानी

Sayalb

डोटीको जोरायल गाउँपालिका वडा नं. २ छतिवनको पनालीगैराका एक सय ३५ घर परिवार खानेपानी पुगेको छ ।
जोरायल गाउँपालिका, ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाको संयुक्त लगानीमा उक्त गाउँमा शुद्ध खानेपानी पुगेको जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताए ।
जोरायल गाउँपालिकाको ३५ प्रतिशत, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कूल २९ लाख ९१ हजार ६ सय २२ रुपैंयाको लागतमा पनालीगैरा खानेपानी तथा सरसफाइ योजना निर्माण कार्य सम्पन्न गरिएको हो ।
०७६ पुषबाट निर्माण कार्य शुरु गरिएको उक्त योजनाको काम सम्पन्न भएपछी सोमबार खानेपानीको उद्घाटन गरेको केदार ग्रामीण विकास समाज नेपाल डोटीका फिल्ड संयोजक राम दाहालले जानकारी दिए ।
जोरायल गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक जमुना बोहराको प्रमूख आतिथ्यतामा योजना उपभोक्ताहरुलाई हस्तान्तरण गरिएको उनले बताए । गाउँमा खानेपानी पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् ।

Shaileshwori
Loading...