चवराचौतारामा मनाइयो २२ औँ स्वास्थ्य स्वयंसेविका दिवस

मङ्सिर १९, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौतारमा २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । डिसेम्बर ५ तारिखका दिन मनाइने  दिवस स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

चवराचौतारा स्वास्थ्य चौकीको आयोजनामा  र्‍याली, प्रश्न उत्तर कार्यक्रम, देउडा का साथै स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्दै दिवस मनाइएको हो ।  कार्यक्रममा १४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई  सम्मान गरिएको स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले बताए । साथै स्वास्थ्य संस्थाका सूचक पूरा गरेका तथा समुदायमा उत्कृष्ट योगदान गरेका तीन जना स्वयंसेविकालाई नगद, दोसल्ला पुरस्कार समेत दिइएको विकले बताए । पुरस्कृत हुनेमा प्रथम निरन्जना देवी बम, तृतीय देवा देवी धामी र तृतीय गुमादेवि विष्ट रहेकी छिन् ।

Sayalb

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, आमा  समूहका पदाधिकारी, सङ्घसंस्थाका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन बोगटान फुड्सिल गाउँपालिका-७ का वडा अध्यक्ष तथा चवराचौतारा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमान सुनारले गरेका थिए ।

Shaileshwori
Loading...