
मंसिर २२, डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डोटीले मंसिर २५ गते डोटीमा एकता सन्देश सभाको आयोजना गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका १६ दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले देशभर एकता सभा गरिरहेको छ । सोही क्रममा डोटीमा पनि एकता सभा हुन लागेको हो ।

सभा सम्पन्न गर्नका लागि हर्क बहादुर सिंहको संयोजकत्वमा मूल आयोजक कमिटी गठन गरिएको छ । सिलगढीको इन्द्र चोकमा आयोजना हुने वृहत् सभामा पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री डा.भीम रावल, खगराज भट्ट, भानुभक्त जोशी लगायतका शीर्ष नेताहरूको उपस्थिति रहने प्रचार प्रसार उप- समितिले जनाएको छ ।
उपसमितिले साबिकको माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तथा एकता प्रक्रियाका सम्पूर्ण घटकका केन्द्रीय सदस्य, सल्लाहकार, प्रदेश कमिटी, जिल्ला कमिटी, गाउँ कमिटी, वडा कमिटी, जन वर्गीय सङ्गठनका सबै नेता तथा कार्यकर्ता शुभचिन्तक समर्थकहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
