

२५ मंसिर, डोटी
पाली कम्युनिष्ट पार्टीका नेता डा भीम वहादुर रावलले सरकारको गतिबिधिहरु हेर्दा तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने कुरामा संका उत्पन्न भएको वताएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्वोदन गर्न डोटी पुगेका नेता रावलले सरकारले चुनावको वातावरण वनाउने भन्दा अरु अरु कुनरामै वरालिएको आरोप लगाए । ‘लुटिएका हजारौं गोलीगट्ठाहरु, घातक हतियारहरु अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन, कयौं कैदी वन्दीहरु अहिले पनि फरार छन्’ बिहिवार डोटीको सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा भने ‘शान्ति सुरक्षाको स्थिति हेर्दा यो सरकारले जसरी त्यसलाई केलाएर हेर्नु पर्ने हो, त्यो गरिरहेको देखिदैन ।’ यस्तो अवस्था देख्दा यो सरकार चुनाव गर्छु भन्दै कतै अर्को स्थिति सिर्जना गरिरहेको त छैन भन्ने आसंका उव्जिएको रावलको भनाई छ ।
उनले सरकारले सवै दलहरुलाई निर्भिकतापूर्वक निर्वाचनमा भाग लिने वातावरण वनाउनु पर्ने वताए । निर्वाचनमा आन्तरिक वा वाह्य कुनै पनि प्रकारको हस्तक्षेप हुन नहुने उनको भनाई छ । राष्ट्रको एकतालाई टुक्राउने, सामाजिक सद्भाव बिथोल्ने कुनै पनि काम नगर्न रावलले सरकारलाई सुझाव दिए ।
एमाले महाधिवेशन प्रतिनिधिहरुलाई भीम रावलको सन्देशः ओलीबाट एमालेलाई मुक्त गर्नुहोस्
नेपाली कम्युनिष्ट पार्टीका नेता डा रावलले नेकपा एमालेको ११औं महाधिवेशनबाट एमालेलाई केपी शर्मा ओलीबाट मुक्त गर्न सन्देश दिएका छन् ।
‘देशकै राजनीतिमा प्रभाव राख्ने पार्टी नेकपा एमालेको ११औं महाधिवेशन हुँदैछ’ रावलले भने ‘एमालेमा भएका ईमानदार नेता कार्यकर्ताहरुले महाधिवेशनबाट उहाँ (ओली) लाई स–सम्मान बिदाई गर्नु पर्छ, यसका लागि महाधिवेशन प्रतिनिधिहरुले बिवेक प्रयोग गर्नु पर्छ ।’ उनले महाधिवेशन प्रतिनिधि छान्ने क्रममा पनि एमालेले लोकतन्त्रको उपहास गरेको वताए । ‘पार्टीको आन्तिरिक लोकतन्त्र कायम राख्न चाहानु हुन्छ भने, जनताको बहुदलीय जनबादलाई जोगाईराख्नु हुन्छ भने नेतृत्व परिवर्तन गर्नुहोस्’ उनले भने ‘होईन् केपी ओलीको झोले नै भईराख्छु भन्नुहुन्छ भने त मेरो भन्नु केही छैन ।’
केपी ओलीले आफुलाई पशुपतिनाथ र भगवानले बोलाएपछि मात्रै पद छोड्ने घोषणा गरेका हुँदा उनले आफ्नै ईच्छाले पद नछोड्ने रावलको व्यंग्य थियो ।
पत्रकारहरुले सोधेको एक प्रश्नको जवाफमा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकले जेएनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मेवारी लिनु पर्ने वताए । “प्रधानमन्त्रीको पहिलो काम सिमानाको रक्षा र जनताको सुरक्षा हो, तर २३ गते तेत्रो घटना भयो, २४ गते १२ वजेसम्म त उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो” रावलले भने ‘त्यतिवेलासम्म उहाँले सुरक्षा निकायका प्रमुखहरुलाई हप्कीदप्की गर्दै हुनुहुन्थ्यो, तर उहाँले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनु भएन, जो प्रधानमन्त्रीको कर्तव्य थियो ।’ जिम्मेवार व्यक्तिले कानुन वमोजिम गर्नु पर्ने काम नगरेमा र नगर्नु पर्ने काम गरेमा दुवै अवस्थामा जिम्मेवारी लिनु पर्ने रावलले वताए । उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले यो क्षतिको जिम्मेवार हुनुपर्ने र उनीहरु छानविनको दायरामा आउनै पर्ने वताए ।
