डोटी क्याम्पसका दुई ओटा भवनको एकै दिन उद्घाटन

मंसिर २९, डोटी । डोटी बहुमुखी क्याम्पस डोटीका दुई ओटा भवनको उद्घाटन गरिएको छ । सोमवार एक औपचारिक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका दुवै भवनको उद्घाटन गरिएको हो ।

२०७९ भाद्र ३१ गते सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेको २४ कोठे ४ तले सुविधा सम्पन्न शैक्षिक भवन र २०८० जेठ २१ गते क्याम्पस प्रमुख दिलानन्द जोशीद्वारा शिलान्यास गरिएको ९ कोठे ३ तले प्रशासनिक भवनको उद्घाटन गरिएको हो । शैक्षिक भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले र प्रशासनिक भवनको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले उद्घाटन गरेका हुन् ।

 

Sayalb

उद्घाटन हुनु पूर्व निर्माण सम्पन्न भएका भवनहरू सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सह-सचिव डा. हेमराज रेग्मीले उपकुलपति अर्याललाई र उपकुलपतिले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई हस्तान्तरण गरेका थिए । आज उद्घाटन भएको शैक्षिक भवन रु.५ करोड ७१ लाख र प्रशासनिक भवन रु.३ करोड ७ लाखमा निर्माण सम्पन्न भएको हो । भवनहरूको निर्माण पिएस कन्स्ट्रक्सन सिलगढीले निर्माण गरेको हो ।

उपकुलपतिले उद्घाटन गरेको चार तले २४ कोठे शैक्षिक भवन
रजिस्ट्रारले उद्घाटन गरेको तीन तले ९ कोठे प्रशासनिक भवन
Shaileshwori
Loading...