बोगटान फुड्सिल-७ को चनुकाँडामा राष्ट्रिय लाइनको विद्युत् विस्तार

पुस ७, डोटी ।  बोगटान फुड्सिल गाउँपालिका-७ चवराचौताराको चनुकाँडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । सोमवार साँझ चनुकाँडा र उमुडी गाउँका लागि चनुकाँडा स्थित ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको उद्घाटन गरिएको छ ।

Sayalb

नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल अन्तरगतको ११ केभी प्रसारण लाइनको विद्युत् गाउँपालिकाको केन्द्रमा पुगेको करिब एक वर्ष विस्तार हुन थालेको छ ।  वडा अध्यक्ष चन्द्रमान सुनार, स्थानीयहरू तथा समाजसेवीहरूको उपस्थितिमा विद्युत् को उद्घाटन गरिएको हो । ठेकेदारको ढिलासुस्तीले गर्दा लामो समयसम्म विस्तार हुन नसकेको विद्युत् स्थानीय युवाहरू र वडाको संयुक्त सक्रियतामा बिजुली बाल्न सफल भइएको वडा अध्यक्ष सुनारले बताए । उनले अब छिट्टै वडाका अन्य गाउँहरूमा पनि बिजुली बालिने बताएका छन् ।

हाल बोगटान फुड्सिल गाउँपालिकाका ७ ओटै वडामा विद्युत् विस्तार गर्ने गरी काम भइरहेको छ । केही दिन पहिला मात्र बोगटान फुड्सिल गाउँपालिकाले भौतिक पूर्वाधार, यातायात तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा ठेक्का भइसके पनि लामो समयदेखि ढिलाइमा परेको राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार कार्य तत्काल सम्पन्न गरी गाउँपालिकाका सबै वडामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्न माग गरिएको थियो ।

Shaileshwori
Loading...