
पुस २७, डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) डोटीले प्रतिनिधिसभा सदस्य पद प्रत्यक्षतर्फका लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनको लागि जिल्ला समिति डोटीको बैठकले प्रतिनिधिसभा सदस्य पदका लागि प्रकाश कठायतलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कठायत एकल सिफारिस भएका हुन् । सिफारिस पत्र केन्द्रीय कार्यालय काठमाडौँ पठाइएको जिल्ला समितिले जनाएको छ ।
