
पुस २८, डोटी । खत्याडी माद्यामिक विद्यालयले पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हात पारेको छ । बोगटान फुड्सिल गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८२ खत्याडीले २६ पदक सहित आफ्नो पोल्टामा पारेको हो । प्रतियोगितामा प्रथम भएको खत्याडीले १६ स्वर्ण, ६ रजत र ४ कास्य पदक जित्न सफल भएको छ ।
त्यस्तै जोराघाट माद्यामिक विद्यालय सातफरि द्वितीय भएको छ । जोराघाटले ६ संवरण, ३ रजत र ३ कास्य सहित १२ पदक जितेको छ । १५ पदक जित्न सफल दर्जाकोट माद्यामिक विद्यालय धिर्कामाण्डौ तृतीय भएको छ । दर्जाकोटले ३ संवरण, ६ रजत र ६ कास्य हात पारेको छ ।


प्रतियोगितामा सहभागी भगवतेश्वर माद्यामिक विद्यालयले दुई स्वर्ण, एक रजत र तीन कास्य सहित ६ पदक, केदारअखडा माद्यामिक विद्यालयले २ स्वर्ण र ३ कास्य सहित ५ पदक, सिमचौर माद्यामिक विद्यालय एक स्वर्ण, पाँच रजत र पाँच कास्य सहित ११ पदक, कानाचौर माद्यामिक विद्यालय छ रजत र ५ कास्य सहित ११ पदक र मष्टेश्वर माद्यामिक विद्यालयले ३ रजत र एक कास्य सहित ४ पदक जित्न सफल भएको छ ।
बोगटान फुड्सिल गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा शुक्रवारबाट मष्टेश्वर माद्यामिक विद्यालय गगुडाको खेलमैदानमा सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । प्रतियोगितामा पालिका भरिका माद्यामिक विद्यालयहरुको सहभागीता रहेने गरेकोमा यश पटक कर्कटेेश्ववर माद्यामिक विद्यालयले सहभागीता जनाएको थिएन ।

