
३ माघ, डोटी
के आई सिंह राजमार्ग अन्तरगत दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला बजार—कुलपाते सडक खण्ड ६ दिनसम्म साँझ बिहान आंशिक बन्द हुने भएको छ ।

उक्त सडक खण्डमा सडक मर्मत एवं मोड सुधारको काम भईरहेको हुँदा माघ ७ गतेदेखि १२ गतेसम्म बिहान र साँझको समयमा सवारी आवागमन वन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालय डोटीद्वारा जारी सूचना अनुसार सो अवधीमा बिहान पाँच वजेदेखि ८ वजेसम्म र साँझ ६.३० वजेदेखि ९ वजेसम्म सवारी आवागमनमा रोक लगाईएको छ । गत २९ गते बसेको सुरक्षा निकाय सहितका सरोकारवालाहरुको बैठकबाट उक्त निर्णण भएको सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजवहादुर ऐडीद्वारा जारी सूचनामा भनिएको छ ‘सो अवधीमा सवारी अवागमन पुर्ण रुपमा बन्द हुने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि अअरोध छ ।’ सडक सुधार कार्य सुरक्षित र व्यवस्थित रुपमा छिटो छरितो सम्पन्न गर्न तथा सडक प्रयोगकर्ताहरुको सुरक्षालाई समेत ध्यानमा राखेर उक्त निर्णय गरिएको सूचनामा उल्लेख छ ।
