डोटीमा एमालेबाट धामी उम्मेदवार

Sayalb

४ माघ, डोटी . नेकपा एमालेले डोटी जिल्ला निर्वाचन क्षेत्रमा दीपक धामीलाई उम्मेदवार वनाउने निर्णय गरेको छ ।
शनिवार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले धामीलाई उम्मेदवार वनाउने निर्णय गरेको हो । शिखर नगरपालिका–१० घर भएका धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिदार्थी युनियन (अनेरास्वबियु) का केन्द्रीय अध्यक्ष हुन् । स्वास्थ्य शिक्षा पृष्ठभूमिका धामी लामो समयदेखि बिद्यार्थी राजनीतिमा सक्रिय युवा हुन् ।
एमाले डोटीले उम्मेदवारका लागि धामी सहित आठ जनाको नाम सिफारिस गरेको थियो । जसमा पार्टी उपमहासचिव लेखराज भट्ट, डोटी ईन्चार्ज एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्रवहादुर मल्ल र पार्टी जिल्ला अध्यक्ष मन्जु मलासीको नाम समावेश थियो । यस्तै, सिफारिस हुनेहरुमा दीर्घराज बोगटी, गोविन्द पार्की, महेश्वर भाट र दिनेश घर्तीमगरको नाम पनि सिफारिस सूचीमा समावेश थियो ।
यसअघि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार वनाउने निर्णय गरिसकेको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले पार्टी महासचिव मनोज भट्टलाई अघि सारेको छ भने आधिकारिक निर्णय हुन बाँकी भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र खड्का उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।

Shaileshwori
Loading...