डोटीमा ७ दलले तय गर्यो उम्मेदवारी

Sayalb

६ माघ, डोटी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज (मंगलवार) उम्मेदवा–री दर्ता हुँदैछ । निर्वाचनका लागि डोटीका ६ राजनीतिक दलले उम्मेदवारको टुंगो लगाएका छन् ।
नेपाली कांग्रेसले भरत बहादुर खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार कांग्रेसले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खड्का केही दिनअघि सम्पन्न बिशेष महाधिबेसनबाट केन्द्रीय सदस्यमा चुनिएका थिए ।
त्यसैगरी नेकपा एमालेले डोटीबाट प्रतिनिधि सभा सदस्यका लागि दीपक धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । धामी हाल एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्ष हुन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यका लागि सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ । उनी २०७४ सालको निर्वाचनमा एमाले–माओवादी गठबन्धन हुँदा डोटी प्नरदेश सभा निर्वाचन क्षेत्र–२ बाट बि मा नेकपा (माओवादी केन्द्र) बाट डोटी प्रदेश क्षेत्र ‘ख’ बाट निर्वाचित भएका थिए । भट्टले पाँच वर्षसम्म सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नरेन्द्र बहादुर खड्कालाई उम्मेदवार बनाइएको छ । खड्का २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनामा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन लडेका थिए । डोटी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहिसकेका उनी व्यवसायिक पृष्ठभूमिका हुन् ।
राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा निर्वाचनका लागि मनोज भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बौद्धिक र तार्किक नेताका रुपमा परिचित भट्ट राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव हुन् ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खड्ग अग्रवाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका छन् ।
यस्तै, नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले युवा नेता प्रकाश कठायतलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उम्मेदवारी मनोनयनमा उपस्थित हुन दलहरुले कार्यकर्तालाई आव्हान गरेका छन्

Shaileshwori
Loading...