डोटीमा नेकपाको तर्फबाट पूर्व मुख्यमन्त्री भट्टको मनोनयन दर्ता

माघ ६, डोटी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य त्रिलोचन भट्टले मनोनयन दर्ता गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका भट्टले डोटी निर्वाचन क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराउनु भएको हो ।
Sayalb
भट्टको प्रस्तावकमा शिव सिंह ओली र समर्थकमा गोरख सार्की रहनु भएको छ । भट्ट २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोटी प्रदेश सभा `ख´ मा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सुदूरपश्चिम प्रदेशमा भट्ट पाँच वर्ष मुख्यमन्त्री समेत हुनुभएको थियो ।
Shaileshwori
Loading...