सुदूरपश्चिममा ४३ स्वास्थ्य संस्थाको स्तरोन्नति हुँदै

रामहरि ओझा / असोज २५, डोटी
सुदूरपश्चिमप्रदेशकाबिभिन्नजिल्लामा रहेका ४३ स्वास्थ्य संस्थाको स्तरोन्नतिहुने भएको छ ।
नेपाल सरकार, स्वास्थ्यतथा जनसंख्यामन्त्रालयको ‘एक पालिका, एक अस्पताल’ वनाउने योजनाअनुसार प्रदेशका ४३ स्वास्थ्य संस्थाहरु स्तरोन्नतिभई अस्पताल वन्ने भएकाछन् ।मन्त्रालयकाअनुसार सुदूरपश्चिमप्रदेशका १३ वटा १५ शैय्याका अस्पताल र ३० वटा वटा १० शैय्याका अस्पताल निर्माण गरिने छ ।
बझाङ्ग, बुङ्गलनगरपालिकाको सितरातढी स्वास्थ्यचौकी, बाजुरा, त्रिवेणी नगरपालिकाको तोली देवल स्वास्थ्यचौकी, बैतडी पुचौंडी नगरपालिकाको न्वादेउ स्वास्थ्यचौकी, डोटी शिखर नगरपालिकाको पचनाली स्वास्थ्यचौकी र अछाम बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ स्वास्थ्यचौकी १५ शैय्याको अस्पतालमा स्तरोन्नतिहुने भएका छन् । यस्तै, कञ्चनपुर बेदकोट नगरपालिकाको दैजी स्वास्थ्यचौकी, कृष्णपुर नगरपालिकाका कृष्णपुर स्वास्थ्यचौकी र बिचवा स्वास्थ्यचौकी, महाकालीनगरपालिकाको दोधारा चाँदनीप्राथमिक स्वास्थ्य केन्द्र, पुनर्वास नगरपालिकाको त्रिभुवन बस्ती स्वास्थ्यचौकी, कैलालीबर्दगोरिया गाउँपालिकाको दोदोधारा स्वास्थ्यचौकी, लम्कीचुहानगरपालिकाको चुहा स्वास्थ्यचौकी र घोडाघोडी नगरपालिकाको साडेपानी स्वास्थ्यचौकीपनि १५ शैय्याको अस्पतालमा स्तरोन्नतिहुने भएका छन् ।
कैलालीमोहन्यालगाउँपालिकाको सुगरखाल स्वास्थ्यचौकी, कञ्चनपुर लालझाडी गाउँपालिकाको शंकरपुर स्वास्थ्यचौकीलाई १० शैय्याको अस्पताल वनाउने तयारी भएको छ । अछाम तुर्माखाादगाउँपालिकाको तुर्माखाँद स्वास्थ्यचौकी, पञ्चदेवलबिनायकनगरपालिकाको बिनायक स्वास्थ्यचौकी र ढकारी गाउँपालिकाको ढकारी स्वास्थ्यचौकीपनि १० शैय्याको अस्पतालमा स्तरोन्नतिहुँदैछन् ।

दार्चुला लेकमगाउँपालिकाको रिठाचौपाता, अपिहिमालगाउँपालिकाको खण्डेश्वरी, नौगाडगाउँपालिकाको खार, दुहुँगाउँपालिकाको धारी र मालिकार्जुन गाउँपालिकाको पस्ती स्वास्थ्यचौकीपनि १० शैय्याको अस्पतालमा परिणत हुने भएका छन् । १० शैय्याको अस्पतालमा स्तरोन्नतिहुने स्वास्थ्य संस्थाहरुमा डोटी केआई सिंह गाउँपालिकाको दुर्गामाण्डौं, बडीकेदार गाउँपालिकाको खड्यौली, सायलगाउँपालिकाको डौड र पूर्वीचौकीगाउँपालिकाको सानागाउँ स्वास्थ्यचौकीपनि परेका छन् ।
डडेल्धुराको आलिताल स्वास्थ्यचौकी र अजयमेरु गाउँपालिकाको भद्रपुर स्वास्थ्यचौकीमापनि १० शैय्याको अस्पताल वन्ने भएको छ । बैतडी दोगडाकेदार गाउँपालिकाको सितड, डिलासैनीगाउँपालिकाको डिलासैनी, सुर्नाया गाउँपालिकाको शैलेश्वर,पञ्चेश्वर गाउँपालिकाको कुमाउ र शिवनाथगाउँपालिकाको सुल्लेखान स्वास्थ्यचौकीलाई पनि १० शैय्याको अस्पताल वनाईदैछ ।
बाजुरा हिमालीगाउँपालिकाको रुघिन, खप्तड छेडेदहगाउँपालिकाको दोगडी, जगन्नाथगाउँपालिकाको हुनीमहति, गौमुलगाउँपालिकाको दहकोट, स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोटर बडीमालिका नगरपालिकाको चुथी स्वास्थ्यचौकीलाई १० शैय्याको अस्पताल वनाईने भएको छ ।
बझाङ्ग छविसपाथिभेरा गाउँपालिकाको कोट छौघनपाटा, खप्तड छान्ना गाउँपालिकाको छान्ना र साईपालगाउँपालिकाको काँडा स्वास्थ्यचौकीपनि १० शैय्याको अस्पताल वन्ने भएका छन् ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार अस्पतालको भवननिर्माणका लागि अर्थ मन्त्रालयबाट रकमनिकासाभइसकेको जनाएको छ । मन्त्रालयले देशभरी दुई सय ६४ स्वास्थ्यचौकीलाई पाँच, १० र १५ शैय्याको अस्पतालमा स्तरोन्नतिगर्ने गरि सूचना सार्वजनिक गरेको छ ।
सूचनामाभनिएको छ ‘स्थानीयतहका स्वास्थ्य संस्था स्तरोन्नति गरी पाँच, १० र १५ शैय्याका अस्पताल निर्माणका लागि रकमनिकासाभइसकेको छ ।’ मन्त्रालयकाअनुसार पाँच शैय्याका अस्पतालका लागि७० लाख, १० शैय्याकालागि ८५ लाख र १५ शैय्याकालागि एक करोड रुपैया विनियोजन गरिएको छ ।
मन्त्रालयले जारी गरेको आधारभूत अस्पताल भवननिर्माण सम्बन्धीनिर्देशिका २०७७, बमोजिमभवनपूर्वाधारको डिजाइन तथानिर्माणसम्बन्धीनिर्देशिका २०७३ र लागतअनुमान पठाइसकिएकोले कार्तिक मसान्तसम्मनिर्माणको प्रक्रियाप्रारम्भ गर्न गराउनपत्र पठाएको छ ।
