
१० फागुन, डोटी । डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइतेहरुमा दुई जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी अनुसार सोमवार दिउसो जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–३ धौलाबस्ती भन्ने ठाउँमा सु.प.प्र. ०३ ००१ च ००१४ नं. को बोलेरो जीप दुर्घटना भएको हो । दुर्घटनामा परि गम्भिर घाइते भएकाहरुमा बोगटान फुड्सिल गाउँपालिका–३ मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँद र १७ बर्षीया सिता साउँद रहेका छन् । उनीहरु दुवैको टाउको, खुट्टा र छातीमा चोट लागेको प्रहरीले जनाएको छ ।


सो दुर्घटनामा परी जीप चालक बोगटान फुड्सिल गाउँपालिका–६, पलाडीका २७ बर्षीय तिर्थ बोगटी र वडा नं. ३ मेल्टाका १९ बर्षीय शारदा साउँद घाइते भएका छन् । चालक बोगटीको टाउको र घाँटीमा चोट लागेको र शारदाको कम्मर, दुवै हात र वाँया खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । दुवैको अवस्था मध्यम रहेको छ । प्रहरीका अनुसार घाइतेहरुलाई उपचारका लागि कैलालीको मायामेट्रो अस्पताल पठाईएको छ ।
बोगटानबाट दिपायलतर्फ जाँदै गरेको जीप अर्को गाडीलाई साईड दिने क्रममा ब्याक हुन गई सडकबाट करीव १ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
