बोगटान जिप दुर्घटना अपडेट : उपचारका क्रममा एक जनाको मृत्यु

फागुन १०, डोटी । बोगटान फुड्सिल गाउँपालिकामा भएको जिप दुर्घटना परि घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएकी बोगटान फुड्सिल गाउँपालिका-३ मेल्टाकी ६६ बर्षीया जुनादेवी साउँदको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार साउँदलाई सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा पुर्‍याई चेकजाँच गर्दा आइतबार साँझ ८:१५  बजेको समयमा डाक्टरले मृत घोषणा गरेको हो । सोही दुर्घटनामा घाइते भएकी बोगटान फुड्सिल गाउँपालिका-३ मेल्टाकी १७ बर्षीया सिता साउँद र १९ वर्षीय शारदा साउँद तथा जिप चालक बोगटान फुड्सिल गाउँपालिका-६ पलाडीका २७ वर्षीय तीर्थ बोगटीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।

Sayalb

आइतबार दिउसो करिब १ बजेको समयमा बोगटान गाउँपालिका-३ धौलाबस्ती स्थित  सुपप्र ०३ ००१ च ००१४ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको थियो । बोगटानबाट दिपायलतर्फ आउँदै गरेको जिप अर्को गाडीलाई साइड दिने क्रममा ब्याक हुन गई सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।

Shaileshwori
Loading...