भालुको आक्रमणबाट डोटीमा महिला घाइते

फागुन २६, डोटी । डोटीमा जङ्गली जनावर भालुको आक्रमणमा परेर एक महिला घाइते भएकी छन् । जिल्लाको आदर्श गाउँपालिका–७ दडिमाना बस्ने  ४३ वर्षीया दुरादेवी विष्ट भालुको आक्रमण बाट घाइते भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान करिब ९ः३० बजेको समयमा सल्लीखान सामुदायिक वनमा दाउरा काट्न गएका बेला विष्टमाथि भालुले आक्रमण गरेको हो  आक्रमणबाट विष्टको दुवै खुट्टा, घाँटी र टाउकोमा चोट लागेको छ ।

घाइते विष्टलाई उपचारका लागि दिपायल ल्याइँदै छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

Shaileshwori
Bolpatra
Loading...