अछाम जाँदै गरेको इभी डोटीमा दुर्घटना : ४ जना घाइते

चैत २१, डोटी । डोटीमा इभी हाईस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०२ ००१ ज ०२३९ नम्बरको हाइस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दिपायल सिलगढी नगरपालिका–५ चिसापानीस्थित के.आई. सिंह राजमार्गमा शनिवार बिहान साढे ४ बजेतिर हाईस दुर्घटनामा परेको हो ।

Sayalb

हाइस घुम्तीमा अनियन्त्रित भई सडकको नालीमा पल्टिदा डोटीको पूर्वीचौकी गाउँपालिका–५ नुवाघरकी ५१ वर्षीया अमृता साउँद, सोही स्थानका २६ वर्षीय प्रकाश साउँद, अछामको चौरपाटी–६ दुनीकी २५ वर्षीया कला साउँद र अछामको चौरपाटी–१ बयालीकी १९ वर्षीया कमला थापा घाइते  भएका छन् । घाइते अमृता साउद र कला साउदको अवस्था मध्यम छ भने अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेको शैलेश्वरी अस्पताल पिपल्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ । हाईसमा चालकसहित १५ जना सवार थिए ।

Shaileshwori
Loading...