डोटीको शिखरमा क्वारेन्टाईनबाट घर गएकाहरु पोजेटिभ भएपछी गाउँ नै शिल

Sayalb

डोटीको शिखर नगरपालिका वडा न. १ कपल्लेकीमा क्वारेन्टाईनमा रहेका ७ जना सोमबार राती ९ः०० भागेर घर गएका ब्यक्तीहरु संक्रमित देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहाले बताए । भारतबाट आएर क्वारेन्टाईमा बसेका ब्यक्तीको शनीबार श्वाब संकलन गरिएको थियो । श्वास संकलन गरिएका १६ जना मध्य १२ जना संक्रमति भेटिएका छन । संक्रमित मध्यका ७ जना सोमबार राती घर–घरमा गईसकेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताए ।
केदारेश्वर माध्यामिक बिद्यालयको क्वारेन्टाईबाट संकलित नमुना जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा उनिहरुको रिर्पोट पोजेटिभ आएपछी शिखर नगरपालिकाले वडा नं. १ को सेरी गाउँलाई शिल गर्ने निर्णय गरेको नगर प्रमुख सिताराम जोशीले बताए ।
शिखरमा यो दोस्रो घटना
शिखर नगरपालिकामा क्वारेन्टाईनबाट घर गएपछी रिर्पोट आएको भने यो पहिलो पटक होईन । यस भन्दा पहिला शिखर नगरपालिकाको वडा न.३ आली अतुरालीमा पनि संक्रमित घर भएको तेस्रो दिन रिर्पोट पोजेटिभ आएको थियो ।
यस भन्दा पनि यस्तो त्रृटी भएको नगरपालिकाले यस पटक पनि दोहर्याएको हो ।
पहिलो पटक सूचनामा अन्यौलताका कारण त्यस्तो भएको भएपनी यस पटक सुरक्षाको अभाबका कारण यस्तो भएको नगर प्रमुख सिताराम जोशीले बताए । भनेको नमानेर गएपछी स्वास्थ्यकर्मीले रोक्न नसकेको स्वास्थ्य संयोजक शाहाले बताए ।

Shaileshwori
Loading...