खुटिया-दिपायल द्रुतमार्ग ३ वर्षभित्र सम्पन्न हुने 

रामहरि ओझा 
२० साउन, डोटी । सुदूरपश्चिम प्रदेशको लाइफलाइनका रूपमा हेरिएको धनगढी-खुटिया-दिपायल-चैनपुर-उरइभन्ज्याङ्ग द्रुतमार्ग अन्तर्गत खुटिया-दिपायल खण्ड निर्माण कार्य ३ वर्षभित्र सम्पन्न सम्पन्न हुने भएको छ ।
सडक आयोजना प्रमुख शशाङ्क मिश्रले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा उक्त सडक खण्डमा ५० करोड रुपैयाँ विनियोजन भएपछि निर्माण कार्य तीव्र गतिमा अघि बढ्ने भएको छ । ‘चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको छ, थप डेढ अर्बको बजेट एप्रोचका लागि हामी फायल पेस गर्ने तयारीमा छौँ’ मिश्रले भने ‘त्यो फायल स्वीकृत भयो भने ३ वर्षभित्रै दिपायलसम्म काम हुन्छ ।’ उनले खुटियादेखि दिपायलसम्मको कुल ८६ किलोमिटरमध्ये २० किलोमिटर कालोपत्रे भइसकेको बताए ।
Sayalb
खुटिया-दिपायल खण्ड अन्तर्गत पर्ने १७ वटा पुलमध्ये ४ पुल निर्माण भइसकेका र ३ पुलको काम जारी रहेको आयोजना प्रमुख मिश्र बताउँछन्। बुधवार जिल्ला प्रशासन कार्यालय, डोटीमा सञ्चालनकर्मीहरूसँग कुरा गर्दै मिश्रले अव दिपायलसम्मको काम सकिएपछि मात्र थप काम अगाडि बढाइने बताए । ‘हाल खुटियादेखि दिपायलसम्म २० किलोमिटर कालोपत्रे भएको छ भने दिपायलदेखि मेल्लेखसम्म ३२ किलोमिटर कालोपत्रे भएको छ’ उनले भने ‘अव दिपायलसम्म पहिले क्लियर गरिन्छ ।’
द्रुतमार्गमा भइरहेको कामको गुणस्तरका विषयमा व्यापक गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको समन्वयमा भएको सञ्चारकर्मीहरुसंगको छलफलमा मिश्रले तोकिएको मापदण्ड अनुसार नै सडक निर्माण हुने बताए । उनले कतै कमीकमजोरी भएको भए पनि यसलाई सुधार गरेर लैजाने समेत बताए ।
आर्थिक वर्ष २०६५/०६६ सालमा सडक विभागले सुरु गरेको यो सडकलाई सुरुवातमा डिभिजन सडक कार्यालय कुलपाते डोटी अन्तर्गत रहेको थियो । पछि यो सडक निर्माण गर्न सरकारले ०७३/०७४ मा छुट्टै आयोजना कार्यालय खोलेको थियो ।
०७६ साउनमा उक्त सडक सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा गयो । तर, प्रदेश सरकार मातहतमा करिब ७ महिना मात्रै रह्यो । ०७६ फागुनबाट फेरि सङ्घीय सरकार मातहत नै फर्काइयो । पाँच वर्षमा दिपायलसम्म यातायात सञ्चालन गर्ने लक्ष्य सहित सुरु भएको उक्त सडक निर्माण कार्य सुरु भएको १८ वर्ष पुरा हुँदासम्म पनि राम्रोसँग ट्र्याक समेत खुलेको छैन। सुरुमा खुटिया-बिपिनगर-दिपायल नामाकरण गरिएको उक्त पछि बझाङको चैनपुरसम्म जोड्ने भनियो ।  हाल उत्तर- दक्षिण अन्तर्राष्ट्रिय नाका जोड्ने गरी उक्त सडकको नाम “धनगढी-धनगढी-खुटिया-दिपायल-चैनपुर-उरइभन्ज्याङ्ग” बनाइएको छ । १८ वर्षमा द्रुतमार्गको नाम लामो हुँदै गए पनि काम भने सुस्त गतिमा भइरहेको छ । गत आर्थिक वर्षमा विनियोजन भएको १५ करोड रुपैयाँ समेत फ्रिज भएको आयोजना प्रमुख मिश्र बताउँछन्।
Shaileshwori
Loading...