डोटीको बोगटानमा पनि मनाईयो विश्व हात धुने दिवश


कमल बम/डोटी
डोटी- सफा र स्वच्छ हात, कोरोना विरुद्ध सबैको साथ भन्ने मुल नाराका साथ आज डोटीको बोगटान फुड्सिल गाँउपालिका वडा नम्वर ७ बिजाला टोलमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले विश्व हात धुने दिवस मनाईएको छ । छडखोला खानेपानीका अध्यक्ष नरेश गड्सिलाको अध्यक्षतामा बसेको कार्यक्रममा प्रमुख अथिती वडा नम्वर ७ का वडा सदस्य सुरज बहादुर कुडमाल रहेका थिए । त्यस्तै अथितीमा बोगटान फुड्सिल गाँउपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अधिकृत सुनिल बिश्वकर्मा, जिबिकोपार्जन सहजकर्ता हरिनारायण भट्ट, जेटिए (JTA) टेकराज जोशी, प्राविधिक यम बोहरा, फिल्ड संयोजक गणेश बिस्ट, सुआहाराका नरेश बम लगएतका रहेका थिए । कार्यक्रमको सहजीकरण बोगटान फुड्सिल गाँउपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाकी फिल्ड संयोजक गिता जिसिले गर्नुभएको थियोे ।
विश्व हात धुने दिवसको अवसरमा गरिएकोे कार्यक्रममा उपस्थितित सबैलाई हात धुने छ ओटा तरिकाको बारेमा स्वास्थ्य प्रबन्धक कलावती चिमालाले अभ्यास सहित गराउनु भएको थियोे । उक्त कार्यक्रममा बुन्ने सिम खानेपानी र छडखोला खानेपानी योजना समितिलाई स्वास्थ्य सुरक्षा र सरसफाइ सामाग्री साबुन, माक्स, सेनिटाइजर, बितरण गरिएको बोगटान फुड्सिल गाँउपालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाकी फिल्ड संयोजक गिता जिसिले बताईन । साथै दिवशकै अवसरमा विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस विरुद्ध जनचेतनामूलक घरदैलो अभियान पनि गरिएको थियो ।
