विश्व हात धुने दिवसको आयोजना
डोटी– हातको स्वच्छता सबैका लागि भन्ने मुल नाराका साथ आज १५ अक्टुवरको दिन विश्व हात धुने दिवसको आयोजना गरिएको छ । दिपायल सिलगढी नगरपालिका,शिखर नगरपालिका र के.आई.सिंह गाउपालिकाका विभिन्न बस्तिमा युवा स्वंसेवकहरुको सहजीकरणमा हात धुने अभ्यास सहित दिवसको आयोजना गरिएको छ । नेपालमा कोभिड १९ को संक्रमण हुने र मृत्यु हुनेहरुको संख्या बढीरहेको अवस्थामा संक्रमणबाट जोगिनको लागि व्यक्तिगत सरसफाईलाई विशेष ध्यान दिनु पर्ने , साबुन पानीले मिचिमिचि हात धुनु पर्ने सन्देश सहित दिवस आयोजना गरिएको छ । यस दिवसको वसमा शिखर नगरपालिकाको समन्वयमा शिखर नगरपालिकामा हातको स्वच्छता सबैका लागि भन्ने नाराका साथ नगर परिसारमा कार्यक्रमको आयोजना गरियो ।
यस कार्यक्रममा नगर प्रमुख सिताराम जोशि, उपप्रमुख धौलि देवी रावल वडा अध्यक्ष लगायत अन्यको सहभागिता रहेको थियो । यस कार्यक्रममा व्यक्तिगत सरसफाईले मानिसलाई स्वच्छता बनाउछ । हालको कोभिडको अवस्थामा साबुन पानीले नियमित हात धुनु अति आवश्यक छ । अहिलेको परिवेशमा साबुन पानीले हात धुने व्यवस्था घर घरमा हुनु जरुरी छ । नियमित हात धुने कुरालाई जनचेतना मार्फत प्रचार प्रसार गरि सबैमा सर्तकता गराउनु आवश्यक भएको धारणा व्यक्त गरिएको छ । यस दिवसको अवसरमा संस्थाले एक्शनएड नेपालसंगको सहकार्यमा आपतकालिन प्रतिकार्य परियोजना अन्र्तगत युवा स्वयंसेवकहरु मार्फत हात धुने अभ्यासको प्रचार प्रसार, सडक नाटक र घरदैलो अभियान गरिएको छ ।