डडेल्धुरा अस्पतालको प्रयोशालामा थप ८ जनामा कोरोना पुष्टि

डोटीे : डडेल्धुरा अस्पताल डडेल्धुराको प्रयोशालामा गरिएको परिक्षणमा आईतबार (आज) थप ८ जनामा कोरोना देखिएको छ । गएको २४ घण्टामा एक सय ६२ नमुनाहरुको कोरोना परिक्षण गरिएकोमा ८  जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिनुभयो ।

Sayalb

प्रयोगशाला ईन्चार्ज भूषालका अनुसार डडेल्धुरा जिल्लाका ४ जना, बैतडीका ३ जना र दार्चुला जिल्लाका एक जनामा कोरोना देखिएको हो ।

डडेल्धुरा जिल्लाको नवदुर्गा गाँउपालिका, अमरगढी नगरपालिका, गन्यापधुरा गाँउपालिका र भागेश्वर गाँउपालिकाका एक/एक जना गरी चार जना, बैतडी जिल्लाको मेलौली नगरपालिकाका दुई जना र शिवनाथ गाँउपालिकाका एक जनामा पनि कोरोना देखिएकोे छ । त्यस्तै दार्चुलाको दुहुँ गाँउपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।

Shaileshwori
Loading...