कोरोनाका कारण दार्चुलाका एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण दार्चुलाका एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर २ हिकिलाका ५३ वर्षीय पुरुषको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

Sayalb

चार दिन पहिले ज्वरो संगै श्वासप्रश्वासमा समस्या देखिए पछि माया मेट्रो अस्पतालमा उपचाररत पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताए ।

सुदुरपश्चिममा कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या २६ पुगेको छ ।

Shaileshwori
Loading...