४७ जनामा कोरोना पुष्टि, कैलालीका मात्र ४२ जना

डोटी : बुधबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ६ जनाको कोरोना जाँच गरीएकोमा ४७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका १५ महिला र ३२ जना पुरुष हुन् ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ४२ जना, कञ्चनपुर जिल्लाका ४ जना र डोटी जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मात्र २३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै गोदावरी नगरपालिकाका ३ जना, जोशीपुर नगरपालिका, कैलारी गाँउपालिका र टिकापुर नगरपालिकाका २/२ जना, लम्कीचुहा नगरपालिका, गौरीगंगा नगरपालिका र बर्दगोरीया गाँउपालिका एक/एक जना र ठेगाना नखुलेका ७ जनामा कोरोना देखिएको छ ।
उता कञ्चनपुर जिल्लाको भिमदक्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र पनर्वास नगरपालिकाका एक/एक जना र डोटीको के.आई.सिंह गाँउपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
