कैलाली र कञ्चनपुरका ५३ जनामा कोरोना पुष्टि, कैलालीका मात्र ४७ जना

डोटी : बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तिन सय ३३ जनाको कोरोना जाँच गरीएकोमा ५३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका १४ महिला र ३९ जना पुरुष हुन् ।

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ४७ जना, कञ्चनपुर जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाका मात्र २६ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै टिकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जना, गौरीगंगा नगरपालिका र चुरे गाँउपालिका एक/एक जना र ठेगाना नखुलेका २ जनामा कोरोना देखिएको छ ।
उता कञ्चनपुर जिल्लाको भिमदक्त नगरपालिका र पनर्वास नगरपालिकाका २/२ जना, बेलौरी नगरपालिका र शुक्लफाँटा नगरपालिकाका एक/एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
