पर्यटकीय स्थलको प्रचारप्रसारका लागी सास्कृतिक कार्यक्रम हुदै

तेजु ओली/डोटी
डेउणा गीतको संरक्षण र प्रबद्र्धनका साथै स्थानीय धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रचारप्रसार र प्रबद्र्धनका लागि जमघट तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । डोटीको सायल गाँउपालीका र आदर्श गाँउपालीकाका पर्यटकिय तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्नका लागी स्थानीय तथा राष्ट्रिय डेउणा गायकहरु बिच अन्तरक्रिया गर्न लागेको आयोजक कलाकार दिपक खातीले जानकारि दिए ।

डेउडा गितका राजा भनेर चिनिने भुबन प्रसाद दहाल, कमल डुम्रेल र चक्र बि.कको बेजोड प्रस्तुति रहने भएकाले देउडा साँस्कृतिको विकासमा थप टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । दशै दिपावलीलाइ मध्यनजर गरेर कार्तिक १२ गते दुबै गाँउपालिकाको केन्दमा पर्ने गोल्देउला क्षेत्रमा सुर्यबिरहि साउद लगायतका अतिथीहरुको उपस्थितिमा कार्यक्रम हुने भएको छ ।
