कैलालीका ११ र कञ्चनपुर एक जनामा कोरोना पुष्टि

डोटी : आईतबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई सय चार जनाको कोरोना जाँच गरीएकोमा १२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ७ महिला र ५ जना पुरुष हुन् ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका ११ जना र कञ्चनपुर जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
