६ जनामा कोरोना पुष्टि
डोटी : बुधबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९७ जनाको कोरोना जाँच गरीएकोमा ६ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीका चार जना र कञ्चनपुर जिल्लाका २ जनामा संक्रमण पुष्टि भएको छ ।