खेलकुद परिषद् सदस्य कुँवरलाई डोटीमा भब्य स्वागत

डोटी : राष्ट्रिय खेलकुद परिषद् सदस्य एकेन्द्र कुँवरलाई डोटीमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । डोटी जिल्लाका खेलाडी तथा खेलप्रेमीको आयोजनामा स्वागत तथा बधाई कार्यक्रम गरिएको हो । डोटी जिल्लाको खेल क्षेत्रको बिकासका लागी भौतिक निर्माण तथा अन्य बिकासमा आफ्नो पुर्ण सहयोग रहने केन्द्रीय सदस्य कुँवरले प्रतिबद्धता ब्यक्त गरेका छन ।
युवा खेलाडी नरेश मलासीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी एकेन्द्र कुँवर रहनु भएको थियो भने बिशिष्ठ अतिथीहरुमा नेकपा प्रदेश सदस्य मिनबहादर कुँवर, भलिवलका राष्ट्रिय खेलाडी राजबहादुर खड्का, नेकपा जिल्ला कमिटी सदस्य गिता नेपाली, टेक्वान्दो सिनियर खेलाडी राजु नेपालीको उपस्थिती रहेको थियो ।
डोटी जिल्लामा खेल क्षेत्रको उर्बर क्षेत्र भएपनी बिकास हुन नसकेका कारण राष्ट्रिय खेलकुद परिषद्को बिशेष ध्यान जान आबश्यक रहेको सभाअध्यक्ष नरेश मलासीले बताए ।
समिति बिहिन रहेको जिल्ला खेलकुद बिकास समितिको भौतिक तथा अन्य अवस्थाका बारेमा कार्यालय प्रमुृख हर्क बोगटीले जानकारी दिएका थिए ।

Sagan sahari bhawan nirman aayojana

Shaileshwori
Loading...