हत्या आरोपमा अछाममा दुईजना पक्राउ
अछामको ढकारी गाँउपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। थापाको हत्या गरेरका आरोपमा स्थानीय नरेन्द्र बुढा र नरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई शुक्रबार सार्वजनिक गरिएको हो।
कात्तिक १० राति नरेन्द्र र नरबहादुरले ढकारी–३ नम्बर स्थित चोइटेखालीबाट घर फर्किने क्रममा देवेन्द्र थापा र सोही ठाँउका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
। उनीहरु दुवैमाथि कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइएको अछाम प्रहरीले बताएको छ।