सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३२ जनामा कोरोना पुष्टि
डोटी : आईतबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तिन सय तिन जनाको कोरोना जाँच गरीएकोमा ३२ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका २५ जना पुरुष र सात जना महिला हुन् । आज कोरोना पुष्टि हुने २३ जना कैलालीका र नौँ जना कञ्चनपुरका रहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका ४ जना, टिकापुर नगरपालिकाका तिन जना, घोडाघोडी नगरपालिकाका दुई जना र लम्कीचुहा नगरपालिकाका एक जनामा कोराना पुष्टि भएको छ । त्यस्तै उता कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाका नौँ जनामा संक्रमण पुष्टि भएको छ ।