गाउँपालिकाको सक्रियताले बालविवाह रोकियो
मकवानपुर जिल्लामा कानूनीरुपमा दण्डनीय र सामाजिक?पमा समस्या रहेको बालविवाह रोक्न गाउँपालिका आफैँले सक्रियता देखाएको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिकाले आज बुधबार बालविवाह रोकेको हो ।
गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया ?म्बाको नेतृत्वमा गएको टोलीले गाउँपालिका वडा नम्बर १ गुर्दुम डाँडामा भएको बालविवाह रोकेको गाउँपालिकाका कानूनी सहजकर्ता रामशरण शर्माले बताउनुभयो ।
बालविवाह गरेका किशोरको परिवारले बालविवाह रोकिदिन आग्रह गरेपछि गाउँपालिकाकी उपाध्यक्ष ?म्बा, वडा नं. १ का अध्यक्ष आइतसिं लो, गाउँपालिकाको महिला, बालबालिका शाखाकी प्रमुख मन्दिरा थापा, कानूनी सहजकर्ता रामशरण शर्मासहितको टोली सक्रिय भएको थियो ।
गाउँपालिकाका १८ वर्षीय किशोर र छिमेकी गाउँपालिका बकैया–४ की १७ वर्षीया किशोरीबीच भएको बालविवाह रोकिएको गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया ?म्बाले बताउनुभयो ।
बकैयास्थित आफन्तको घरमा गएको बेला बालविवाह गरेको खबर पाएपछि किशोरका परिवार तथा साथीह?ले किशोरलाई विवाह रोक्न सम्झाएका थिए । किशोरले नमानेपछि गाउँपालिकाकै पहलमा बालविवाह रोकिएको हो ।
बालविवाह गरेका किशोरीलाई मनोसामाजिक परामर्शका लागि हेटौंडास्थित सिविन बाल हेल्पलाइनको कार्यालयमा पठाइएको छ । किशोरीलाई लिएर गाउँपालिकाकी उपाध्यक्ष ?म्बा आफैँ सिविन बाल हेल्पलाइनको कार्यालय पुग्नुभएको थियो ।