थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि (सम्पुर्ण जिल्लाको बिबरण सहित)

पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा १३०४ महिला र २००५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
१ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ८४४ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर ३६ हजार ९११ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार १३१ होम आइसोलेसनमा छन् भने ३९७ जनाको आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १८७८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् ।
कास्कीका १९८ जना, मोरङका १७२, सुनसरीका १३०, रुपन्देहीका ११०, चितवनका ८८, झापाका ६८, काभ्रेका ६६, नुवाकोटका ६२, मकवानपुरका ४९, बाँकेका ४६, अर्घाखाँचीका २७, तनहुँका २४, स्याङ्जाका २३, धनुषाका २२, बर्दियाका १९, नवलपुर र कैलालीका १८र१८ जना, दोलखाका १६, पाँतथर, धादिङ, गोरखा र म्याग्दीका १५र१५ जना, सिन्धुपाल्चोकका १४, उदयपुर, बारा र सिन्धुलीका १३र१३ जना तथा रौतहट र पाल्पाका १२र१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरी र नवलपरासीका १०र१० जना, महोत्तरी, रामेछाप र प्युठानका ९र९ जना, सिराहा र दाङका ८र८ जना, लमजुङका ७, कपिलवस्तु, दैलेख रुकुम पश्चिम र बझाङका ६र६ जना, बैतडीका ५, धनकुटा, सर्लाही र जुम्लाका ४र४ जना, पर्वत र डडेलधुराका ३र३ जना, भोजपुर, पर्सा, बाग्लुङ, गुल्मी, कालीकोट, सुर्खेत, अछाम र डडेलधुराका २र२ जना तथा इलाम, खोटाङ, ताप्लेजुङ, रसुवा, कञ्चनपुर र दार्चुलाका १र१ जना छन्
यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । उनीहरुमध्ये एक हजार ३४ जनाको मृत्यु भएको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
