भारतीय सेनाध्यक्ष नरभाणे नेपाली सेनाका १८औं मानार्थ महारथी, राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्दै

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नसैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको छ ।

सेनाध्यक्ष नरवणेलाई आज विहान सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको हो। नरवणेले त्यसलगत्तै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गरे। त्यसपछि सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गरे। आज नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।

Sayalb

दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ। उनको सम्मानमा आज नै जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ । सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछिन्।

यसले नेपाल–भारतबीच कैयौंपटक तिक्ततापूर्ण अवस्था आउँदा दुई देशको सैन्य सम्बन्धले पूलको काम गरेको छ। हालसम्म १७ जना भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरिसकेका छन्। र १८औं मानार्थ महारथीको पदवी बिहीबार नरवणेले पाउँदैछन्। नेपालका तर्फबाट अहिलेसम्म १४ जनाले भारतीय सेनाको मानार्थ महारथी पाएका छन्।

सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ। सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो। नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय स्थल सेनाध्यक्ष नरवणेले शुक्रबार औपचारिक भेट गर्नेछन्

Shaileshwori
Loading...